मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बी डिभिजन लिगमा श्री कुमारी क्लब र बाँसबारी क्लब विजयी


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २३, २०७७
  • 555
    SHARES

ललितपुर ,२३ फागुन। नयाँबस्ती युवा क्लबलाई ४–३ ले हराउँदै श्री कुमारी क्लबले राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा आइतबा जित निकाल्दा अर्को खेलमा बाँसबारीले झम्सीखेल युथ क्लबलाई ४–० ले पराजित गरेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा श्रीकुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गर्दा पम्बा योल्मु र विवेक पुनले एक एक गोल गरे । पराजित नयाँबस्तीका विवेक गुरुङ, साजन राई र सुमन राईले एक एक गोल फर्काए ।

श्री कुमारीले ११औं मिनेटमा आशिषको गोलबाट अग्रता बुनेको थियो । २१ औं मिनेटमा नयाँबस्तीका लागि विवेकले गोल गर्दै खेल ल्याएका थिए । पहिलो हाफको इन्जुरी समयमा साजनले गोल गरेपछि नयाँबस्तीले २–१ को अग्रता उल्टाएको थियो । खेलको ५७ औं मिनेटमा पम्बाले गोल गर्दै श्रीकुमारीलाई बराबरीको अवस्थामा ल्याए ।

७१ औं मिनेटमा विवेक पुनले गोल गर्दै श्रीकुमारीलाई ३–२ को अग्रता दिलाए । खेलको ९० औं मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता ४–२ मा पु¥याए । त्यसपछि इन्जुरी समयमा नयाँबस्तीका सुमनले गोल गर्दै अग्रता छोट्याए पनि जितका लागि पर्याप्त भएन र श्री कुमारीले ४–३ को जित निकाल्न सफल भयो ।

जितसँगै श्रीकुमारीले १० खेलमा ११ अंक जोडेको छ । श्रीकुमारी आठौं स्थानमा उक्लिएको छ । नयाँ बस्ती १० खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।

लिग अन्तर्गत आइतबार कै अर्को खेलमा निशान सुनारको दुई गोलको मद्दतमा बाँसबारीले झम्सीखेल युथक्ल माथि सहजत जित निकाल्न सफल भएको हो । निशानका अलावा कमल खवास र अजय राजवंशीले समान एक÷एक गोल गरे ।

खेलको २६ औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई अग्रता निकालदा ३८ औं मिनेटमा कमलले बाँसबारीका लागि दोस्रो, ६० औं मिनेटमा अजयले टोलीका लागि तेस्रो गोल थपेका थिए । निकै हावी भएको खेलमा ६८ औं मिनेटमा निशानले व्यक्तिगत दोस्रो गोल गर्दै बाँसबारीलाई ४–० को सहजत दिलाउन सफल भएका हुन् ।

प्रतियोगितामा सोमबार साददोबाटो युथ क्लब र मध्यपुर युथ एसोसियसन तथा दोस्रो खेल रानीपोखरी कर्नर टिम (आरसिटी) र पुल्चोक स्पोर्ट्स क्लबबीच हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)