मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सातदोबाटो युथ क्लबको पहिलो हार


  • माउन्टेन खबर
  • सोमवार, फाल्गुन २४, २०७७
  • 961
    SHARES

ललितपुर, २४ फागुन।
खुमलटार दशौं खेलमा श्री भगवतीसँग २–१ ले पराजित भएपछि शीर्ष डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो हार बेहोरेको छ ।

सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २–१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक÷एक गोल गरे भने सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काएका थिए ।

खेलको २९ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता लिएको थियो । खेलको ५० औं मिनेटमा माल्डिनाले गोल गर्दै सातदोबाटोलाई खेलमा फर्काएका थिए । त्यसपछि खेलको ५८ औं मिनेटमा सन्नीले गोल गर्दै मध्यपुरलाई अग्रता दिलाएपछि बाँकी रहेको समयमा थप गोल हुन सकेन र मध्यपुरले जित निकाल्न सफल भयो । मध्यपुरसँग पराजित भएपनि सातदोबाटो १० खेलमा २५ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ । मध्यपुरले १० खेलमा १३ अंक जोडेको छ । मध्यपुर छैटौं स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत सोमबारै सम्पन्न अर्को खेलमा पुल्चोक स्पोर्ट्स क्लबले जारी लिगमा पहिलो जित निकालेको छ । रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २–१ गोल अन्तरले पराजित गर्दै पुल्चोकले पहिलो जित निकालेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा पुल्चोकलाई जित दिलाउन अर्जुन कुमार राना र किस्मत लिम्बुले एक एक गोल गरे । आरसिटीका अमर डंगोलले एक गोल फर्काए । जितसँगै पुल्चोकले १० खेलमा ५ अंक जोडेको छ । पुल्चोक पुछारमा रहेको छ । आरसिटी १० खेलमा १३ अंक जोडेर पाचौं स्थानमा रहेको छ ।

लिगमा मंगलबार पनि दुई खेल हुनेछन् । पहिलो खेल श्री भगवती क्लबर र ब्वाइज युनियन तथा दोस्रो खेल टुसाल युथ क्लब र श्री कुमारी क्लबबीच हुनेछ । दुबै खेल एन्फा मुख्यालयको मैदानमा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)