आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पर्यटन प्रवद्र्धन एवं अन्तर्राष्ट्रियकरणका लागि लुम्बिनीको ब्रान्डिङ शुरू


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २५, २०७७
  • 486
    SHARES

रुपन्देही, २५ फागुन । बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटन प्रवद्र्धन एवं अन्तर्राष्ट्रियकरणका लागि लुम्बिनीको ब्रान्डिङ शुरू गरिएको छ । नेपाल पर्यटन बोर्डले यसको ब्राण्डिङ अघि बढाएको हो । लुम्बिनी नाम लेखाइको ढाँचा, रङ र लोगोलाई अन्तर्राष्ट्रियरूपमा परिचित गराउने उद्देश्यले सोमवार ब्रान्डिङसम्बन्धी छलफल कार्यक्रम समेत भएको छ ।

लुम्बिनीसँग सरोकारी संघसंस्था, प्रदेश सरकार, पर्यटन विज्ञहरुबीच रुपन्देही भएको कार्यक्रममा लुम्बिनीका लागि ब्रान्डिङ प्रस्ताव गरिएको हो । बुद्ध रङ, अशोका पिल्लर, बुद्ध जन्मस्थल र बुद्ध धर्मसँग सम्बन्धित विभिन्न तथ्यलाई प्रभावकारी ढङ्गले ब्रान्डिङमा प्रस्ताव गरिएको छ ।

लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा ईश्वर गौतमले लुम्बिनीको प्रभावकारी प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्डले थालेको लुम्बिनी ब्रान्डिङ उपलब्धिमूलक हुने बताएका छन् । निजी क्षेत्र, सङ्घीय सरकार, प्रदेश सरकार र पर्यटन बोर्डले एकीकृतरूपमा लुम्बिनीको प्रवद्र्धनमा लाग्नुपर्नेसमेत उनले जोड दिए ।

लुम्बिनी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातवरण मन्त्रालयका सचिव डा राजेन्द्र केसीले सरकारले सधैँ लुम्बिनीलाई केन्द्रमा राखेर काम गरिरहेको बताए ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले लुम्बिनीमा पर्यटकको बसाइ लम्ब्याउन विशेष योजना ल्याउनुपर्ने बताए । लुम्बिनीको प्रवद्र्धनका लागि पर्यटन बोर्डले सबैको सहकार्य र सुझावलाई अङ्गीकार गर्दै ब्रान्डिङ गर्न थालिएको उनको भनाइ छ ।

नेपाल एसोसिएशन अफ ट्राभल एन्ड टुर एजेन्ट (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईंले निजीक्षेत्रले पर्यटन क्षेत्रमा गरेको योगदानलाई सरकार र सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने बताए । लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत ज्ञानिन राईले लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पर्यटकीय र अन्तर्राष्ट्रिय महत्व लुम्बिनीको ब्रान्डिङपश्चात् अझै बढेर जाने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }