सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मृगतृष्णा; – कविता


  • - Achyut Sigdel . New York , USA
  • बुधबार, फाल्गुन २६, २०७७
  • 1.4K
    SHARES

 

मृगतृष्णास

एकाध दूर्र्सजन आएथे
भुर्राहरूको कान भरेर गए
स्कूल छुटाए
खोपी, खेल्न र आवारा बन्न सिकाए
सॉझ बिहान, कुनो काप्चोमा
छेकारा मारेर
अस्मिता लुट्न सिकाए
अचाक्ली भएर गाउलेलागे पछि
मुग्लान काटेका थिए सुंगुरहरू ।

अर्कोदिन
अर्को रक्तिम टोली फेरि आएथे
पाठीलिएर व्यॉसोको छाउरा दिए
भैसी खाएर नियाले दिए
घ्याम्पो फोरेर पीठो झिके
मझेरी भरी आमोद प्रमोद लुटे
झुपडीको सर्व अस्मिता खोसेर गए ।
आजकल उग्राएर बसेका छन्
सड़क पसेकाछन्
डाम्नाहरू ।

वर्षौ सम्म
नत गोठ गोठ रह्यो न गोठाला नै
छाउरा र न्याउरा बढेर भाले भए
चिथोर्न थाले,कोपर्न खाले
हिस्रक बन्दै गयो
आँगन, कान्ला र गोरेटोहरु

आज
रोई रहेछ परिवेश
रगताम्य छन् वन वुट्यान एकान्तहरू
रहर र पूरूषार्थ बनेको छ
आमा जातीको अस्मिता
रातो झण्डा बनेर
टॉगिएका छन् भरण्डामा ।

सुनसान वस्तीमा
ऑसुको बाढि आएको छ।
बिना दाम्लोका रित्तो किलो
सुँक्सुकाइ रहेछ
घरमुलीको पासो बनेर,
चीसा चुल्हा कलेटी परेका छन्
खण्डहर कुटेरो पर्खिरहेछ
फाटेको कॉध
गतिलो टालो हाल्न दशैं कुरिरहेछन ।

 

खै कहिले बल्ला चुल्हो
कहिले भिज्ला रछ्यान
कहिले ओभाउला र यी खोविल्टा
झझल्कोमा रातो वाकस
चिसिएको मुटुको टुक्रा
सर्जिमिनमा दुई चार कागज
एकाएक ल्याप्चे लगाउदै
गनिन्छ नयॉ नयॉ हात्तिहरू

 

निरिह
चाहुरी ऑखाहरू
मध्यरातमा दलिनको कापबाट
टूलुटुलु चिहाउछ आकास
टिलपिल आखॉको धमिलोमा
चमेकिन्छन ताराहरू
सपनाको महल भक्कानिन्छ
खस्रा हातका

गर्हामाथी वा तल

सिचिन्छन्  ।

अपुरा र अधुरा रहन्छन
सबै सपना
पुरा नहुने मृगतृष्णा१

उफ़ १ यो मृगतृष्णा १

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)