मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युभेन्ट्स च्याम्पियन्स लिगबाट बाहिरियो


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन २६, २०७७
  • 546
    SHARES

२६ फागुन, काठमाडौं । युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ बाट बाहिरिएको छ ।

मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा पोर्चुगिज क्लब पोर्टोलाई ३–२ ले पराजित गरे पनि इटालियन क्लब युभेन्ट्स अवे गोलको आधारमा बाहिरिएको हो ।

घरेलु मैदानमा युभेन्ट्सले समग्रमा ४–४ गोलको बराबरी नतिजा ल्याउँदा पोर्टो अवे गोलको आधारमा अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा पोर्टोले युभेन्ट्सलाई २–१ ले हराएको थियो ।

खेलको १९औँ मिनेटमा सर्जियो अलिभिएराले पेनाल्टीमा गोल गर्दै पोर्टोलाई अग्रता दिलाएका थिए । ४९औँ मिनेटमा फेडेरिको किएजाले गोल गर्दै युभेन्ट्सलाई १–१ को बराबरीमा ल्याए । ५४औँ मिनेटमा पोर्टोका मेहेदी टेरेमी दुईवटा पहेलो कार्ड खाँदै मैदानबाहिर जाँदा पोर्टाे १० खेलाडीमा समेटियो ।

६३औँ मिनेटमा किएजाले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्ट्सलाई २–१ को अग्रता दिलाए । खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ११५औँ मिनेटमा सर्जियोले व्यक्तिगत दोस्रो गोल गर्दै पोर्टोलाई २–२ को बराबरीमा ल्याए ।

११७औँ मिनेटमा एड्रिएन राबिअटले गोल गर्दै युभेन्ट्सलाई ३–२ को जित दिलाए । तर, युभेन्ट्स अन्तिम आठमा भने पुग्न सकेन ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)