सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वारेन बफेट पहिलोपटक एक सय बिलियन डलर क्लबमा


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन २७, २०७७
  • 682
    SHARES

काठमाडौं, २७ फागुन । अमेरिकी अर्बपति वारेन बफेट पहिलोपटक एक सय अर्ब अमेरिकी डलर क्लबमा सामेल भएका छन् । बुधबार उनको खुद सम्पत्ति एक सय अर्ब अमेरिकी डलर पुगेको छ ।

उनी सहित यो क्वलमा यसअघि नै एलोन मस्क, जेफ बेजोस र बिल गेट्स पुगिसकेका छन् । बफेट बर्कशायर ह्याथवेका अध्यक्ष समेत हुन् । उनलाई विश्वको सर्वाधिक सफल लगानीकर्तामध्ये एक मानिन्छ ।

उनले अमेरिकाको कोकाकोला, वेल्स फार्गो एण्ड कम्पनी, जिलेट, अमेरिकन एक्सप्रेस, प्रोक्टर एण्ड ग्याम्बल, क्राफ्ट फुड्स जस्ता ठूला धेरै कम्पनीमा लगानी गरेका छन् ।

विश्वको सबैभन्दा सफल लगानीकर्ताको रूपमा सम्मानित उनले आफ्नो अर्बौं सम्पत्ति दानमा समेत दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)