सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मेलम्ची खानेपानी आयोजना : कृष्णप्रसाद भट्टराई, काँग्रेस र कम्युनिष्ट


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १, २०७७
  • 1.4K
    SHARES

– अच्युत रेग्मी

मेलम्ची आयोजना राष्ट्रिय प्राथमिकतामा रहेको आयोजना हो । मुलुकको राजधानी काठमाडौँ उपत्यकाका झण्डै ५० लाख जनसंख्यालाई शुद्ध खानेपानी पु¥याउने लक्ष्य राखेर मेलम्ची खानेपानी आयोजनाको काम सुरु गरिएको हो । विस २०४७ सालमा नेपाली काँग्रेसका तत्कालिन सभापति एवम् प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले आफ्नो कार्यकालमा सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी काठमाडौँमा ल्याएर काठमाडौँका सडक पखाल्ने घोषणा गरेका थिए । सोही घोषणाअनुसार अगाडि बढेको मेलम्ची खानेपानी आयोजनामा पछिल्लो समय चरम राजनीतिककरण हुँदै गएको छ ।

विस २०७४ मंसीरको निर्वाचनमा झण्डै दुई तिहाई जनमत पाएको कम्युनिष्टलाई सर्वोच्च अदालतले एकता नै बदर गरिदिएपछि पद गुम्ने खतरा रहेका नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले गत हप्ता फागुन २२ गते पूर्व निर्धारित कार्यक्रम विना नै हतारहतार मेलम्चीको उद्घाटनमा पुगे । पूर्व निर्धारित कार्यक्रमविनै उद्घाटनमा पुगेका प्रम ओलीले मेलम्चीका परिकल्पनाकार एवम् काँग्रेसका तत्कालिन सभापति भट्टराईको नामसमेत लिएनन् ।

यही विषयलाई लिएर विभिन्न खाले टिकाटिप्पणी भएका छन् । ओलीको उक्त शैलीलाई लिएर वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सामाजिक सञ्जालमा लेखेका छन्,‘मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो । ०४७ सालमा तत्कालीन प्रधानमन्त्री सन्तनेता कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी राजधानीको सडक समेत पखाल्ने गरी ल्याउछु भनेर भाषण गर्दा यो प्रस्ताव र योजना बनाउन आदेश दिँदा सपनाको खेती भनेर उत्पात भाषण गर्ने नेकपा (एमाले)का नेता हालका प्रधानमन्त्री केपी ओलीले अरु सबैलाई धन्यवाद दिनुभयो ।’ राजनीतिक निचता त्यस समय अनुभव भयो ओलीले आधा घण्टा लामो भाषणमा कतै पनि मेलम्ची योजनाका प्रस्तावक कृष्णप्रसाद भट्टराईको नाम पनि लिन चाहेनन्’, दाहालले भनेका छन् । ‘वास्तवमा मेलम्चीको पानी वितरण केन्द्र सुन्दरीजलसामु किशुनजीको शालिक राख्ने प्रस्ताव ओलीले गरेको भए कति सुखद् र राजनीतिक संस्कृतियुक्त हुने थियो’, दाहालले लेखेका छन् । हुन त मेलम्चीको पानी ल्याउन सक्रिय किशुनजीलाई निर्वाचनमा पराजित गरेर यहाँका त्यस वेलाका मतदाताहरूले कृतघ्नता देखाएका थिए’, दाहालले भनेका छन्, ‘धिक्कार छ कृतघ्न राजनीति र सोँचलाई । जे भएपनि पानी आउने भएकोमा राजधानीवासीलाई बधाई छ ।’

विस २०७३ साल चैत २ गते तत्कालिन खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले मेलम्चीको पानी राजधानी ल्याउनका लागि रातारात मेलम्चीको अनुगमन गरेर त्यसको कार्यप्रगतिबारे चासो राख्दै आएका थिए । किसुनजीले देखेको सपना मैले पुरा गर्नुपर्छ भन्ने मान्यता राख्दै राज्यमन्त्री खड्काले मेलम्चीलाई प्राथमिकतामा राखेर काम गर्नुभएको थियो । प्रचण्ड सरकारका पालामा राज्यमन्त्री रहेका खड्काले फूल मन्त्रीका हैसियतले मेलम्चीको पानी काठमाडौँमा ल्याउनका लागि क्याविनेटमा लभिङ गर्नेदेखि रातदिन नभनी मेलम्चीको कार्यप्रगतीको बारेमा अनुगमन गरेका थिए ।

सोही समयमा खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय र आयोजना कार्यान्वयन इकाईका प्रमुख तीरेशप्रसाद खत्रीले समेत मेलम्चीको पानी उपत्यकामा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

पार्टीभित्रको आन्तरिक विवादले नयाँ मोड लिएर प्रधानमन्त्री पद गुम्ने खतरा बढीरहेका बेलामा हतारहतार उद्घाटनमा पुगेका उनको मेलम्चीको मुख्य परिकल्पनाकारको नामसमेत नलिनु दुःखद हो । काँग्रेस काममा विश्वास गर्ने र कम्युनिष्ट काँग्रेसले गरेको काम आफ्नै पालामा गरेको भन्दै जस लिँदै हिँड्ने वानी मेलम्ची परियोजनाको पछिल्लो घटनाले प्रष्ट देखाइदिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }