मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोलीबाट देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिता


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १, २०७७
  • 1.0K
    SHARES

काठमाडौं, १ चैत्र। 
चैत २ अर्थात् भोली देखि सुरु हुने देशव्यापी अन्तरवडा टेबल टेनिस प्रतियोगिताको सह–प्रायोजन गंगादेवी बस्त्रालयले गर्ने भएको छ ।

स्पिन इभेन्टरस प्रा ली. र गंगादेवी बस्त्रालयबीच आईतबार काठमाण्डौमा प्रतियोगिताको लागि सहप्रायोजन गर्ने सम्झौता भएको हो । सम्झौतपत्रमा स्पिन इभेन्टरस प्रालिका तर्फबाट सुमन शाक्य र गंगादेवीका तर्फबाट प्रकाश बर्तौलाले हस्ताक्षर गर्नुभएको छ ।

सह प्रायोजनकको रुपमा जोडिन लागेको गंगादेवी बस्त्रालयले प्रतियोगिताको कुल ३० प्रतिशत बजेट बराबर ५ लाख ५० हजार रुपैयाँ आयोजकलाई प्रदान गर्नेछ ।

मुख्य प्रायोजक भ्याली कन्स्ट्रक्सन प्रा.लि रहेको प्रतियोगितामा नेपालभरका वडाहरुबाट पुरुषमा २६ टिम सहित ४ सय ३३ र महिलामा ८ टिम सहित ९० जना खेलाडीहरुले सहभागीता जनाउने छन् । प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला र पुरष एकल, भेट्रान सिंगल्स (४० वर्षमाथि) र पुरुष भेट्रान्स एकल (५५ वर्षमाथि) गरेर ६ विधामा प्रतिस्पर्धा हुन छ । वर्तमान वरियताका शीर्ष १६ मा रहेका नेपाली टेबल टेनिस खेलाडी भने सहभागी हुनेछैनन् ।

प्रतियोगिताको अनुमानित बजेट १९ लाख ५० हजार रुपैयाँ छ । पुरुष र महिला सिंगल्समा प्रथम हुनेले ३० हजार नगद पुरस्कार पाउने छन् । दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले ७ हजार ५ सय रुपैयाँ पाउने छन् । त्यस्तै भेट्रान्स एकलतर्फ प्रथम हुनेले १० हजार, दोस्रो हुनेले ५ हजार र तेस्रोले २५ सय नगद पुरुस्कार पाउने छन् । पदकतालिका अनुसार शीर्ष स्थान हासिल गर्न सफल वडाले नगद पँचास हजार रुपैयाँ र मेडल प्राप्त गर्नेछन् । चैत ७ गने सम्म आयोजना हुने प्रतियोगिता काठमाण्डौको लैनचौर स्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)