सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थोत्रो छाता – कविता


  • शकुन ज्ञवाली, न्युयोर्क अमेरिका । 
  • मङ्लबार, चैत्र ३, २०७७
  • 1.9K
    SHARES

थोत्रो छाता

आज बर्षौ पछि यो तिमीले
दिएको छाता
निकालेर एकतमास हेरिरहे
बाहिर दिनभरी झरी परिरह्यो
मलाई भने यो थोत्रो छाता
ओल्टाई पल्टाई
हेरिरहन मात्रै मन लाग्यो ।

साँच्चै छाता जस्तो पो कँहा छ र यो !
करंग सबै भाँचिएको कपडा सबै
च्यातिएको लथालिङ्ग धुलै धुलो
तर पनि धुलो टकटकाउदै निकाले ।

त्यो दिन यो छाता मुनि तिमी र म
भिज्न त नभिजेको कँहा हो र निथ्रुक्कै !
के ओत दिन्थ्यो र यत्ति सानो छाता ले
तर तिमी संगै त भिज्नु मा पनि कति
न्यानोपन !

तिमीले मलाई दिएको पहिलो उपहार
यो छाता घरमा लिएर जाँदा आमाले
“जसको छाता हो उसैलाई बुझाइदे”भन्दा
हवस् आमा भन्दै लुकाएकी थिए
म सुत्ने खाटमुनी जतनले ।

तिमीले र मैले त्यो झरी मा ओढे पछि
एकपल्ट पनि ओढनै मन लागेन यो छाता
म जँहा जँहा बसाई सरे
म संगै डुलेको छ यो छाता
तिमीले दिएको भन्नु यत्ति त छ
म संग चिनो ।

अरु ले पागल ठान्दा हुन् मलाई
“यस्तो थोत्रो छाता जतन
गरेर राख्ने”
तर मलाई यो जस्तो महँगो
केहि लाग्दैन अरु
मेरो प्यारो थोत्रो छाता ।

 

-शकुन ज्ञवाली, न्युयोर्क अमेरिका ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)