मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वेस्ट इन्डिजले गर्‍यो क्लिन स्विप


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३, २०७७
  • 625
    SHARES

एजेन्सी । घरेलु टिम वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिजमा क्लिन स्विप गरेको छ ।

नर्थ साउण्डमा आइतबार राति भएको अन्तिम तथा तेस्रो खेलमा ५ विकेटको जित निकाल्दै वेस्ट इन्डिजले सिरिज ३-० ले आफ्नो बनाएको हो ।

श्रीलंकाले दिएको २ सय ७७ रनको लक्ष्य वेस्ट इन्डिजले ४८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।

वेस्ट इन्डिजलाई जित दिलाउन डरेन ब्राभोले १ सय २ रनको शतकीय इनिङ्स खेले । शाइ होपले ६४ रनको अर्धशतकीय इनिङ्स खेले ।

कप्तान केइरन पोलार्ड ५३ रनको इनिङ्स खेल्दै अविजित रहे । श्रीलंकाका सुरंगा लकमालले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन बनाएको थियो ।

श्रीलंकाका डी सिल्भाले अविजित रहदै ८० रनको अर्धशतकीय इनिङ्स खेल्दा अशेन बानडराले अविजित रहदै ५५ रन बनाए ।

यस्तै दनुश्का गुनाथिलकाले ३६ तथा कप्तान दिमुथ करुनारत्ने ३१ रन बनाए ।

वेस्ट इन्डिजका एकिल होसेनले ३ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)