मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लबको विजयी सुरुआत


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३, २०७७
  • 1.1K
    SHARES

काठममाडौं ,३ चेत्र।
समाज कल्याण खेलकुद केन्द्र र सामाजिक युवा क्लबले सहिद स्मारक सि डिजिजन लिग फुटबलमा विजयी सुरुआत गरेका छन् ।

सातदोबाटो स्थित एन्फा मुख्यालयको मैदानमा मंगलबार सम्पन्न खेलमा समाज कल्याण खेलकुद केन्द्रले पुरानो क्लब सानागौचरण युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्यो ।

अर्को खेलमा सामाजिक युवा क्लबले स्वयम्भु क्लबलाई पनि ३–२ ले हराउँदै लिगमा सुखद सुरुआत गरेका हुन् । पहिलो खेलमा समाज कल्याणलाई जित दिलाउन रुपेश अधिकारी, राकेश विश्वकर्मा र शरद राईले एक÷एक गोल गर्दा उर्गेन लामा र रमण तामाङले सानो गौचरणका लागि एक÷एक गोल फर्काएका थिए ।

२५ औं मिनेटमा रुपेशले गोल गर्दै समाज कल्याणलाई १–० को अग्रता दिलाएको खेलमा २९ औं मिनेटमा उर्गेनले गोल गर्दै सानो गौचरणलाई १–१ गोलको अवस्थामा ल्याएका थिए । ५३ औं मिनेटमा राकेशले गोल गरेपछि समाज कल्याणको अग्रता २–१ को भएको थियो । ५७ औं मिनेटमा रमणले गोल गर्दै सानो गौचरणलाई पुनः २–२ गोलको बराबरीमा ल्याए । तर, खेलको ७७ औं मिनेटमा शरदले गोल गर्दै समाज कल्याणलाई ३–२ को जित दिलाए ।

त्यस्तै दिनको दोस्रो खेलमा सामाजिक युवा क्लबलाई जित दिलाउन बसन्त बहादुर रानाले ह्याट्रिक गर्दा दुई गोल गरेको स्वयम्भूका लागि महेश लामा र विकी राईले एक गोल गरेका थिए । बसन्तले ३२औं, ७८औं र इन्जुरी समयमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए भने विकीले ४७औं र महेशले ८४औं मिनेटमा गोल फर्काएका थिए । जित निकालेको सामाजिक युवाले महत्वपूर्ण तीन अंक जोड्दै लिग सुरुआत गर्दा स्वयम्भूले हारबाट लिग सुरुआत गरेको छ ।

लिगमा बुधबार प्लानिङ ब्वाइज युनाइटेड र चर्च ब्वाइज युनाइटेड तथा विरगञ्ज युथ एकेडेमी र झापा एफसीबीच खेल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)