मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारत ८ विकेटले पराजित


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ४, २०७७
  • 472
    SHARES

अहमदाबाद,४ चैत्र।

भारत र इङल्यान्डबीचको तेस्रो टी२० क्रिकेट प्रतियोगितामा इङल्यान्डद्वारा भारत ८ विकेटले पराजित भएको छ ।

मंगलबार साँझ भएको यस खेलमा इङल्यान्डका ब्याट्सम्यान जस बटलरले ५२ बलको सामना गरी ८३ रन बनाएपछि इङल्यान्डले सहजै विजय प्राप्त गरेको हो । उनले ४ छक्का र ५ चौका हिर्काएका थिए ।

भारतले पहिले ब्याटिङ गरी इङल्यान्ड समक्ष जितका लागि १५७ रनको लक्ष्य दिएको थियो ।

भारतका लागि कप्तान विराट कोहलीको ७७ रन बनाएका थिए । एक समय ८६ रन हुँदा पाँच विकेट गुमाएको भारतका लागि कोहली र हार्दिक पान्ड्याले उत्कृष्ट साझेदारी गर्दै टिमको स्कोरलाई चुनौतीपूर्ण बनाएका थिए ।

खेलमा इङल्यान्डका जस बटलरले प्लेयर अफ द म्याचको पुरस्कार प्राप्त गरे ।

यो जितसँगै पाँच खेलको यस टी२० शृंखलामा इङल्यान्डले २–१ ले अग्रता बनाएको छ । एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)