मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल सुपर लिगको अक्सनमा १५८ खेलाडी


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ५, २०७७
  • 523
    SHARES

काठमाडौँ, ५ चैत्र। 
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आउँदो वर्ष वैशाखमा आयोजना हुने नेपाल सुपर लिग फुटबल ९एनएसएल०का लागि अक्सनमा १५८ खेलाडीको नाम सार्वजनिक गरेको छ ।

अक्सन शुक्रबार हुँदैछ । नेपाल स्पोट्र्स एण्ड इभेन्ट म्यानेजमेन्टले एन्फाको प्राविधिक सहयोगमा उक्त प्रतियोगिता आयोजना गर्न लागेको हो ।

एन्फाले अक्सनका लागि आज ए, बी र सी श्रेणी गरी खेलाडीको नाम सार्वजनिक गरेको हो । अक्सनमा राष्ट्रिय टोलीको प्रशिक्षणमा रहेका ए श्रेणीका ३५ खेलाडीलाई समेत सहभागी गराइने एन्फाले जनाएको छ । यस्तै अक्सनमा ६५ बी श्रेणीका तथा ५८ सी श्रेणीका खेलाडी रहेका छन् ।

एन्फाको प्राविधिक समितिले खेलाडीको सूची सार्वजनिक गरेको हो । आगामी वर्ष वैशाख ११ देखि २५ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालमा हुने सुपर लिगमा सात फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्नेछन् । दुई सातासम्म सञ्चालन हुने सो प्रतियोगिता सिङ्गल राउण्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछ ।

नाम सार्वजनिक गरे पनि खेलाडीको न्यूनतम पारिश्रमिक भने खुलाइएको छैन । एउटा टोलीमा बढीमा २० खेलाडी आबद्ध हुनेछन् । प्रत्येक टोलीले तीन विदेशी खेलाडी खेलाउन पाउने छन् भने दुई स्थानीय खेलाडी अनिवार्य सहभागी गराउनुपर्नेछ । उक्त प्रतियोगितामा काठमाडौँ रेजर्स एफसी, विराटनगर सिटी एफसी, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)