मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतद्वारा इङल्यान्ड ८ रनले पराजित


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०७७
  • 511
    SHARES

अहमदाबाद,६ चैत्र। भारत र इङल्यान्डबीच बिहीबार खेलिएको २०–२० क्रिकेट खेलमा भारतद्वारा इङल्यान्ड ८ रनले पराजित भएको छ । यो जितसँगै भारत–इङल्यान्डबीचको शृंखला फेरि २–२ को बराबर भएको छ ।

भारतले जितका लागि प्रस्तुत गरेको १८६ रनको लक्ष्य पछ्याएको इङल्यान्डले ८ विकेट गुमाएर १७७ रनमात्र बनाउन सक्यो ।

अब यस शृंखलाको एक खेल बाँकी छ ।

टस जितेर पहिले ब्याटिङको निम्तो पाएको भारतले ८ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

भारतका लागि सूर्यकुमार यादवले ५७, रिषभ पन्तले ३०, श्रेयस ऐयरले ३७ रन बनाएका थिए ।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको इङल्यान्डका लागि जेसन रोयले ४०, जोनी बेयरस्टले २५, बेन स्टोक्सले ४६ रन बनाएका थिए ।

भारतका लागि शार्दुल ठाकुरले ३ विकेट लिएका थिए भने राहुल चहर र हार्दिक पान्ड्याले २–२ विकेट लिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)