मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिराट गोल्डकप चैत्र २६ गतेदेखि


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ६, २०७७
  • 810
    SHARES

६ चैत्र, काठमाडौं । प्रदेश नं १ को चर्चित फुटबल प्रतियोगिता ‘विराट गोल्डकप’ यही चैत २६ देखि आगामी वैशाख ४ गतेसम्म यहाँ सञ्चालन हुने भएको छ।

विराट गोल्डकप फुटबल ट्रष्टद्वारा बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त प्रतियोगिता स्थानीय शहीद रङ्गशालामा फ्लडलाइट ( रात्रिकालित बत्ती) का माध्यमबाट हुने आयोजक समितिका संयोजक मनोजविक्रम शाहले बताउनुभयो।

छैटौँ संस्करणका रूपमा रहेको गोल्डकपमा नेपालका ‘ए’ डिभिजनसहित अफ्रिकन क्यामरुन र भारतका टोली सहभागी हुनेछन्।

प्रतियोगितामा भारतको पञ्जाव पुलिस, झारखण्डको टाटा एकेडेमी, क्यामरुनको अफ्रिकन रुट्स एशोसिएशन टोली पहिलोपटक सहभागी हुँदैछन् भने नेपालका मनाङ मस्र्याङ्दी, सशस्त्र प्रहरी, नेपाल पुसिल क्लब, सङ्कटा क्लब, राष्ट्रिय लिग विजेता टोली मच्छिन्द्र क्लब, गोर्खा ब्याइज, रुपन्देही र आयोजक विराटनगर–११ रहने ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले जानकारी दिनुभयो।

गोल्डकप विजेता टोलीले रु १५ लाख १५ हजार र उपविजेता टोलीले रु सात लाख ५१ हजार नगद र आकर्षक शिल्ड प्राप्त गर्नेछन्।

पाँचौँ संस्करण विजेताले रु १३ लाख पुरस्कार पाएको थियो भने उपविजेताले रु सात लाख प्राप्त गरेको थियो।

प्रत्येक दिनको म्यान अफ द म्याच हुने खेलाडीलाई रु १५ हजार नगद रहेको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकलसहित पदक प्रदान गरिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)