मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मेस्सीको दुई गोलमा बार्सिलोनाको सहज जित


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 811
    SHARES

९ चैत्र, काठमाडौं । कप्तान लियोनल मेस्सीको र्कीतिमानी खेलमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा सहज जित निकालेको छ ।

उपाधि दाबेदार बार्सिलोनाले आइतबार राति भएको खेलमा रियल सोसिडाडलाई ६–१ गोल हराएको हो ।

रियल सोसिडाडको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन मेस्सी र सेर्जिनो डेस्टले दुई–दुई गोल गरे । त्यस्तै एन्टोनियो ग्रीजम्यान र ओसुमाने डेम्बेलेले एक–एक गोल गरे ।

उता सोसिडाडका लागि एण्डरले एक गोल फर्काए । आजको खेलमा मेस्सीले बार्सिलोनाको जर्सिमा सर्वाधिक खेल खेल्ने खेलाडीको र्कीतिमान बनाएका छन् ।

मेस्सीले बार्सिलोनाको लागि ७६८ खेल खेल्दै क्लबका लागि सर्वाधिक धेरै खेल्ने खेलाडी बनेका हुन् । यो भन्दा पहिला बार्सिलोनाका पूर्व खेलाडी जाभीले ७६७ खेल खेलेका थिए ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिगमा २८ खेल खेलेको बार्सिलोनाले ६२ अंक जोडेको छ । पराजित सोसिडाड ४५ अंक सहित पाँचौं स्थानमा छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)