मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युनाइटेडलाई हराउदै लेस्टर एफए कफ फुटबलको सेमिफाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 520
    SHARES

९ चैत्र, काठमाडौं । प्रिमियर लिग क्लब लेस्टर सिटी एफए कफ फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा लेस्टरले म्यान्चेस्टर युनाइटेडलाई ३–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा लेस्टरलाई जित दिलाउन केलेची हेनाकोले दुई गोल गरे । त्यस्तै युरी टिलेमान्सले एक गोल गरे । उता युनाइटेडका लागि मसोन ग्रिनउडले एक गोल गरे ।

खेलको २४ औं मिनेटमा हेनाकोले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा ग्रिनउडले युनाइटेडका लागि बराबरी गोल फर्काए । पहिलो हाफमा १–१ गोलको बराबरी खेलेको लेस्टरले दोस्रो हाफमा थप दुई गोल गरेको हो । ५२ औं मिनेटमा टिलेमान्सले गोल गर्दै लेस्टरको अग्रता २–१ को बनाए ।

७८ औं मिनेटमा हेनाकोले गोल गर्दै टिमलाई ३–१ गोलको जितसँगै सेमिफाइनलमा पुगाउन सहयोग गरे । अब लेस्टरले फाइनल प्रवेशका लागि साउथह्याप्टनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)