मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लब ‘ए’लाई


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 627
    SHARES

काठमाडौं,९ चैत्र।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ‘ए’ ले चौथो संस्करणको प्रधानसेनापति ट्राई एडभेन्चर प्रतियोगिताको उपाधि जितेको छ । धादिङको बैरेनीमा आयोजित उक्त प्रतियोगितामा आर्मीको ‘ए’ टोली च्याम्पियन बनेको हो ।

उक्त स्पर्धामा आर्मीको ’बी’ टोली दोस्रो तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबको टोली तेस्रो भयो । महिलातर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेको छ । सो स्पर्धामा प्याडल नेपाल दोस्रो तथा क्रान्क सिस्टर तेस्रो भयो । उक्त प्रतियोगितामा पाकिस्तानी सेनाको टोली उत्कृष्ट अन्तर्राष्ट्रिय टिम घोषित भयो ।

साहसिक खेलकूदअन्तर्गत रहेको उक्त प्रतियोगितामा दौड, साइक्लिङ र र्याफ्टिङ समावेश गरिएको थियो । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा छ दशमलव सात किलोमिटर दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर लामो र्याफ्टिङ समावेश गरिएको नेपाली सेनाले जनाएको छ ।

प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबको पुरुष र महिला गरी तीन टोली, मध्य पृतनाको एउटा टोली, नेपालका अन्य १६ टोलीका साथै बङ्गलादेश, पाकिस्तान र बेलायतका गरी ८० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुषतर्फ पहिलो हुने टोलीलाई रु एक लाख ५० हजार, दोस्रो भएको टोलीलाई रु एक लाख तथा तेस्रो भएको टोलीलाई रु ७५ हजार पुरस्कार प्रदान गरिएको थियो । महिलातर्फ पहिलोलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार तथा तेस्रो हुनेलाई रु २० हजार पुरस्कार प्रदान गरिएको थियो ।

सो अवसरमा प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकामा ६ नं बाहिनी अड्डा र शिवदल गणलाई प्रधानसेनापति थापाले कदरपत्र प्रदान गर्नुभएको थियो । नेपाली सेनाले २०७१ सालदेखि सञ्चालन गर्दै आएको उक्त प्रतियोगितामा २०७४ देखि विभिन्न मित्र राष्ट्रका सैनिक टोलीलाई समेत सहभागी गराउँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)