मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईलाई


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०७७
  • 760
    SHARES

ललितपुर ,९ चैत्र। 
ललितपुर सिटी एफसीले मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदिप हुमागाईलाई दिने भएको छ ।

अर्को महिना हुने नेपाल सुपर लिगमा सहभागिता जनाउन लागेको टोली ललितपुर सिटी एफसीले सोमबार पत्रकार सम्मेलन गर्दै हुमागाईलाई मुख्य प्रशिक्षक जिम्मेवारी दिने जनाएको हो ।

नेपाली शीर्ष डिभिजन लिग ए डिभिजन अन्र्तगत थ्री स्टार क्लबमा प्रशिक्षणको जिम्मेवारी निर्वाह गरिसकेका प्रशिक्षक हुँमागाईलाई जिम्मेवार दिन लागेको हो । कार्यक्रममा बोल्दै हुँमागाईले राम्रो नतिजा निकाल्नलाई क्लबले तयारी गर्ने बताए । हुमागाईले ललितपुरलाई प्रशिक्षण गर्नु आफ्नो लागि परिक्षा भएको बताए ।

ललितपुरले यस अघि नै राष्ट्रिय टोलीका स्ट्राइकर अन्जन विष्टलाई मार्की खेलाडीको रुपमा सार्वजनिक गरिसकेको छ । गत शुक्रबार भएको अक्सनबाट टोलीमा ललितपुरले अक्सनबाट १४ खेलाडीको पनि टुङ्गो लगाइसकेको छ ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमले सहभागिता जनाउँदै छन् । लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन । विराटनगर बाहेकले अन्य टोलीले प्रशिक्षक सार्वजनिक गरेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हँुदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)