मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्गलबार १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 504
    SHARES

१० चैत्र, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ सय ८८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ४ हजार ३२ जनामा पीसीआर परीक्षण गर्दा १ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ७७ जना निको भएका छन् ।

पछिल्लो समय नेपालमा हरेक दिन १ सयभन्दा कम संक्रमित फेला पर्न थालेका थिए । तर, दुई दिन यता संक्रमितको संख्यामा बृद्धि भइरहेको छ । सोमबार १५० जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि संक्रमण फैलन खतरा बढेको जनस्वास्थ्यविद्हरुले बताउँदै आएका छन् । हालसम्म नेपालमा २ लाख ७६ हजार २४४ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ लाख ७२ हजार ९७ जना निको भएका छन् । हालसम्म कोभिड–१९ बाट नेपालमा ३ हजार १९ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)