मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल सुपर लिगका  लागि नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले टिकटीङ पार्टनरको रुपमा काम गर्ने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 594
    SHARES

काठमाडौं, ११ चैत्र।
अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का  लागि नेपाल स्पोर्ट्स इभेन्ट म्यानेजमेन्टले टिकटीङ पार्टनरको रुपमा पेवेलसँग सम्झौता गरेको छ ।

नेपाल स्पोर्ट्स म्यानेजमेन्टले बुधबार एक कार्यक्रम गरेर पेवेलसँग सम्झौता गरेको हो  । नेपाल सुपर लिगकी अध्यक्ष आश्रेयता कार्की चौधरी र पेवेलमन प्रमुख कार्यकारी अधिकृत भिम प्रसाद तिमिल्सिनाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार पहिलो पटक हुन लागेको फ्रेन्चाइज प्रतियोगितामा पेवेलले आधिकारिक रुपमा टिकट विक्री गर्ने छ ।  यद्यपि टिकट दर भने अझै सार्वजनिक भएको छैन् । आउँदा कार्यक्रममा टिकट दर सार्वजनिक गरिने आयोजकले जनाएको छ ।  विगतमा टिकट वितरणमा भएको कमी कमजोरीलाई अध्ययन गरेर अर्को महिना हुन लागेको प्रतियोगिताका लागि टिकट वितरण गर्न लागेको पेवेलले बताएको छ ।
फ्रेन्चाईज टोलीलाई सहभागि गराएर सञ्चालन गर्न लागिएको पहिलो संस्करणको लिगमा ७ फ्रेन्चाइज टोलीले सहभागिता जनाउँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुँदैछ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसीले प्रतिस्पर्धा गर्दैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)