मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार १२० जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १२, २०७७
  • 810
    SHARES

१२ चैत्र, काठमाडौं । बितेको २४ घण्टामा देशभर १२० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ५०९ जना पुगेको छ भने निको हुनेको संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ। यस्तै हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)