मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि तीर्थ पुन र फूलमती रानालाई


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 816
    SHARES

कास्की, १४ चैत्र।
पोखरा अन्तरराष्ट्रिय म्याराथनअन्तर्गत आज पोखरामा सम्पन्न पुरुष तथा महिला १० किमी दौडको उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफका फूलमती रानाले जित्न सफल हुुनुभएको छ ।

भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु दौडमा पुनले निर्धाारित दूरी ३३ मिनेट आठ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद  १५ हजार रुपैयाँ , मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । नेपाली सेनाका जितेन्द्र दनुवार द्धितीय र काठमाडौँका शिववहादुर रायमाझी तृतीय हुदै क्रमश १० हजार र पाँच हजार रुपैयाँ पुरस्कार पाउनुभयो ।

महिलातर्फ रानाले ४० मिनेट ५२ सेकेण्डमा दौड पूरा गरी ८३ जना प्रतिष्पर्धीलाई पार्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभयो । विजता बन्नु भएका उहाँले  १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । धरानकी छेन्वी राईले ४२ मिनेट एक सेकेण्डमा दूरी पार गर्दै द्वितीय बन्दै नगद  १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो भने एपिएफका आशा रावतले ४३ मिनेटमा दौड पूरा गरी तृतीय बन्नुभयो । उहाँले नगद  पाँच हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र पाउनुभयो ।

विजेता खेलाडीलाई पोखरा म्याराथनको अन्तरराष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादु गुरुङ र मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

दौडको पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभएउको थियो । दौडमा सहभागी ७४ वर्षीय ज्येष्ठ नागरिक टंक बहादुर श्रेष्ठलाई उहाँको हौसलाको कदर गर्दै महानगर प्रमुखले  १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए । पोखरा म्याराथनअन्तर्गत आगामी वैशाख ४ गते पाँच किमी छात्र–छात्रा दौड हुने भएको मञ्चले जनाएको छ । यसअघि मञ्चले ४२ किमीको म्याराथन र महिलाका लागि २१ किमीको हाफ म्याराथन सम्पन्न गरिसकेको छ । विगतका वर्षमा सबै विधाका प्रतियोगिता एकैदिन आयोजना हुने गरेकामा यस वर्र्ष कोरोना सावधानी अपनाउन र भीडभाड नगर्न फरक फरक मितिमा आयोजना गरिएको मञ्चले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)