मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाललाई खेलकूद गन्तव्य बनाऔँ’: गभर्नर अधिकारी


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २१, २०७७
  • 896
    SHARES

काठमाडौँ, २१ चैत्र

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाललाई खेलकूदको गन्तव्य बनाउन आह्वान गर्नुभएको छ ।

नेपाल चेम्बर अफ कमर्श ७०औँ वार्षिकोत्सवका अवसरमा चेम्बरले आयोजना गरेको गल्फ प्रतियोगिताका विजयी महिला तथा पुरुष खेलाडीलाई आज राजधानीमा पुरस्कार प्रदान गर्दै उहाँले खेल पर्यटन पनि आर्थिक उन्नयनका निम्ति उपयोगी भएकाले नेपाललाई खेल पर्यटनको उपयोगी माध्यम बन्न सक्ने बताउनुभयो ।

कोभिड–१९ का कारण गति लिन नसकेको मुलुकको अर्थतन्त्रलाई खेलकूदको माध्यमबाट पनि टेवा दिन सकिने विचार व्यक्त गर्दै उहाँले पर्यटन व्यवसायको पुनरुत्थानका लागि पनि खेल पर्यटन महत्वपूर्ण छ भन्नुभयो ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले आगामी वर्षको मौद्रिक नीतिमा खेल पर्यटन र त्यसले देशको अर्थतन्त्रका पार्ने सकारात्मक प्रभावलाई समाहित गर्न आग्रह गर्नुभयो ।

नेपाल गल्फ क्लबका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गल्फ खेलमा हरेक वर्ष छ अर्ब अमेरिकी डलरको कारोबार हुने गरेको जानकारी गराउँदै त्यसको केही हिस्सा नेपालमा आकर्षित गर्न सम्बद्ध निकायले आवश्यक प्रयास गर्नुुपर्नेमा जोड दिनुभयो ।

नेपालमा गल्फ खेलको इतिहास १०४ वर्षभन्दा पुरानो भएको तथा ७० वर्ष पुगेको चेम्बर र शताब्दी पुरानो गल्फ क्लबले नेपालको आर्थिक विकासको क्षेत्रमा खेल पर्यटनका माध्यमबाट टेवा पु¥याउने सक्ने विचार अध्यक्ष श्रेष्ठले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)