मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१९ औं आहा रारा गोल्डकप

एपिएफको विजयी सुरुवात


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २१, २०७७
  • 863
    SHARES

पोखरा,२१ चैत्र

विभागीय टोली एपिएफले आयोजक सहारा क्लबमाथि १–० को जित निकाल्दै पोखरामा सम्पन्न १९औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सृुरुवात गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा एपिएफले खेल सकिन तीन मिनेट बाँकी रहँदा आशिष लामाको गोलबाट अग्रता लिँदै आजबाट सुरु भएको प्रतियोगितामा विजयी सुरुआत गरेको हो । पहिलो जितसँगै विभागीय टोली एपिएफले आयोजकलाई स्तब्ध बनाउँदै सेमिफाइनलमा स्थान बनाएको छ । दुई वर्ष अघि पनि सहारालाई उदघाटन खेलमै पराजित गरेर अघि बढेको एपिएफले फेरी एकपटक सहारालाई स्तब्ध बनाउँदै अन्तिम चारमा प्रवेश गरेको हो ।

निकै रोमाञ्चक बनेको खेलमा आयोजक सहारा र एपिएफले गोल रहित बराबरी खेलेका थिए । ८७ औं मिनेटमा आशिष लामाको निर्णायक गोलमा एपीएफले सहारालाई १–०ले पराजित गर्दै जित आत्मसात गर्न सफल भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलमा प्रदीप लामाले डिबक्सभित्र अवसर दिएको बललाई आशिष लामाले जाली चुमाउन सफल भएका थिए । अन्तिम चारमा स्थान बनाएको एपिएफल अब सेमिफाइनलमा मनाङ र संकटाबीचको विजयी टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा आइतबार मच्छिन्द्र क्लब र अफ्रिकन युनाइटेडबीच प्रतिस्पर्धा हुँनेछ । सहारा क्लबले गोल्डकपको उदघाटन समारोहमा नेपाली राष्ट्रिय फुटबल टिमका सदस्य अभिषेक रिजाललाई सर्वोत्कृष्ठ खेलाडीबाट सम्मान पनि ग¥यो । रिजाललाई नगद ३५ हजारसहित सम्मान गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)