मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिग

पाहुना टोली वेष्टवर्म सित चेल्सी ५-२ गोलले पराजित


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २१, २०७७
  • 753
    SHARES

एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत चेल्सीले वेष्टवर्मसँग पराजय ब्यहोरेको छ । शनिबार साँझ चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा पाहुना टोली वेष्टवर्मले ५-२ गोलसहित चेल्सीलाई पराजित गरेको हो ।

खेलको २७ औ. मिनेटमा चेल्सीले क्रिस्टियन पुलिसिचको गोलबाट सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफको इन्जुरी समयमा वेष्टवर्मका म्याथ्युस पेरेइराले २ गोल गर्दै वेष्टवर्मको अग्रता बढाए । यस्तै ६३ औं मिनेटमा वेष्टवर्मका कालुम रोविन्सनले गोल गर्दै अग्रता तेब्बर पारे ।

यस्तै त्यसको ५ मिनेटपछि अर्थात ६८ औं मिनेटमा एम्वाए डाएग्नेले गोल गर्दा वेष्ट वर्म ४-१ ले अघि रह्यो । ७१ औं मिनेटमा चेल्सीका मासन माउन्टले गोल गरेपनि उनको गोलले चेल्सीलाई जित दिलाउन सकेन । खेल सकिनै लाग्दा इन्जुरी समयमा कालुम रोविन्सनले व्यक्तिगत दोस्रो र टिमका लागि ५ औं गोल गरे ।

खेलको २९ औं मिनेटमा चेल्सीका डिफेन्डर टियागो सिल्भाले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सी १० खेलाडीमा सिमित बनेको थियो । तालिकाको चौंथो स्थानमा रहेको चेल्सीको ३० खेलबाट ५१ अंक रहँदा समान खेल खेलेको वेष्टवर्म २१ अंकसहित तालिकाको १९ औं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)