मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अब्दुल्लाह अलमुताइरी बने नेपाली फुटबलको मुख्य प्रशिक्षक


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २२, २०७७
  • 561
    SHARES

२२ चैत्र, काठमाडौं । कुवेतका नागरिक अब्दुल्लाह अलमुताइरी नेपाली फुटबलको मुख्य प्रशिक्षक बनेका छन् ।

चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको हो । यो निर्णयलाई एन्फा कार्यसमितिले अनुमोदन गर्नेछ । उनले आइतबारदेखि नै काम सुरु गर्नेछन् ।

उनको सम्पूर्ण खर्च कतार फुटबल एसोसिएसनले व्यहोर्नेछ ।

नेपालले आउँदो जुन महिनामा विश्वकप छनोट खेल्दैछ । एक वर्षका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी पाएका अब्दुल्लाहले यो आफ्ना लागि ठूलो चुनौती भएको बताए । उनले आफ्नो लक्ष्य एसियन कपमा छनोट हुने रहेको बताए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)