बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार थप २८८ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०७७
  • 483
    SHARES

२७ चैत्र, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४०७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ जना पुगेको छ ।

तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ । हाल देशभर २६१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपाल प्रवेश विन्दुमा गरिएको एन्टिजेन परीक्षणमा ५२ जनाको नतिजा पोजेटिभ देखिएको छ ।

कञ्चनपुरको गड्डाचौकी हेल्थ डेस्कमा २१८ जनाको एन्टिजेन परीक्षणमा १० जना र कञ्चनपुरकै चित्रनगर हेल्थ डेस्कमा ३७२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ४१ जनामा पोजेटिभ देखिएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)