बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १८ लाख नाघ्यो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०७७
  • 1.0K
    SHARES

२९ चैत्र, काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६६ हजार ७६४ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड १८ लाख ६९ हजार ९८० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म २ करोड ४४ लाख २३ हजार ५८९ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ६८ लाख ७० हजार ७९८ जनामध्ये ९ हजार २१८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै पछिल्लो मृत्यु हुनेको संख्या ५ लाख ७५ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ७४० संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ५ लाख ७५ हजार ५९३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)