बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आज थप ३६७ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०७७
  • 396
    SHARES

२९ चैत्र, काठमाडौं। नेपालमा कोरोनाभाइरस संक्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा थप ३६७ जनामा संक्रमण पुष्टि भएको छ । ३ हजार १२५ जनामा पीसीआर परीक्षण र ६९० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३०३ र ६४ जनामा संक्रमण पुष्टि भएको हो ।

२४ घण्टामा थपिएका अधिकांश संक्रमित काठमाडौँ उपत्यकाका रहेका छन् । काठमाडौँमा १२८, ललितपुरमा १५ र भक्तपुरमा ११ जना संक्रमित फेला परेका छन् ।

बिहीबारदेखि १४ हजार ७३४ पीसीआर परीक्षण गर्दा १ हजार २६० संक्रमण पुष्टि भएको छ । यसअवधिमा ४९८ जना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा २ हजार ९६१ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)