बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उकालो लाग्दै कोरोना संक्रमणको ग्राफ


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 785
    SHARES

काठमाडौं, ३० चैत्र

मुलुकमा पछिल्लो सयम कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५३२ जनामा गरिएको परीक्षणमा ३३७ मा संक्रमण पुष्टि भएको छ । एक महिनाअघि सोही अवधिमा दुई हजार ५०० को परीक्षण गराउँदा ४८ जना मात्रै संक्रमित पाइएको थियो । एक महिनाको फरकमा संक्रमणको ‘ग्राफ’ निकै माथि पुगेको देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक महिना अघिदेखि नै संक्रमण बढ्न थालेको भए पनि पछिल्लो १०÷१२ दिनदेखि संक्रमणको रफ्तार तीव्र छ । ‘अब राम्ररी स्वास्थ्य मापदण्ड नअपनाउने हो भने सबै सेवा ठप्प पार्नुको विकल्प नहुने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनु भएको छ।

अघिल्ले वर्ष यही समयमा भारतमा अत्यधिक संक्रमण भएको बेला नेपालमा न्यून थियो । जब भारतबाट नेपाली स्वदेश फर्किए त्यसपछि एक्कासी संक्रमण दरको गति बढेको थियो । गत वर्ष चैतको अन्तिमबाट क्रमशः बढ्न थालेको संक्रमणको गतिले वैशाख सकिँदा त्रास फैलाइसकेको थियो ।

यसपटक पनि विगतको पुनरावृत्ति हुने आशंका जनस्वास्थ्यविद्को छ । अहिले भारतमा दिन प्रतिदिन कोरोनाको संक्रमण दर ह्वात्तै बढिरहेको छ ।
भारत–नेपाल खुला सिमानाका कारण त्यहाँबाट मानिस सजिलै नेपाल आउन सक्ने हुँदा विशेष ख्याल गर्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ । उनीहरुमा नयाँ भेरियन्टसहितको सङ्क्रमण देखिएकाले अझै चनाखो हुनुपर्ने मन्त्रालयको भनाइ छ ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)को हालैको बैठकले कोभिड संक्रमणको मात्रा बढेको र नयाँ स्वरूपको भाइरस देखिन थालेको भन्दै आवश्यक सतर्कता जरुरी रहेको निष्कर्ष निकालेको छ । केन्द्रले जिल्लाका कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रलाई थप सक्रिय बनाउने, सीमा नाकामा रहेका स्वास्थ्य डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाइने, लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टिनमा राख्ने गरी काम अघि बढाउने निर्णय पनि गरेको छ । तर जुन गतिमा हुनुपर्ने स्वास्थ्य सुरक्षाका कार्यक्रम भने न्यून देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)