बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोशी अञ्चल अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 970
    SHARES

३० चैत्र, मोरङ । कोरोना संक्रमणबाट विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा एकजनाको मृत्यु भएको छ । आइतबार राति झापाको दमकका ९२ वर्षीय वृद्धको मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि परिवारका अन्य चारजना सदस्यसहित वृद्ध गत चैत २५ गते कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र भर्ना भएका थिए ।

सुगरका रोगी वृद्धको उपचारका क्रममा आइतबार राति १२ बजेतिर मृत्यु भएको कोभिड–१९ उपचार केन्द्रका फोकल पर्सन एपोलो भगतले जानकारी दिए । उनका अनुसार वृद्धको शव आफन्तको जिम्मा लगाइएको छ ।

कोशी कोभिड–१९ अस्पतालमा हाल २ जना कोरोना संक्रमित उपचाररत छन् । करिब दुई महिना अस्पताल सुनसान बनेको थियो । तर कोरोनाको दोस्रो लहर शुरु भएसँगै अस्पतालमा विरामी आउन थालेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)