बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कैलालीमा भारतबाट आएका १३ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ३०, २०७७
  • 420
    SHARES

३० चैत्र, कैलाली । कैलालीको त्रिनगर नाका हुँदै सोमबार नेपाल भित्रिएका १३ जनामा कोरोना संक्रमण पाइएको छ । सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणका क्रममा १३ जनामा संक्रमण पुष्टि भएको हो ।

नाकास्थित हेल्पडेस्कमा कार्यरत अहेव लोकेन्द्र शाहीका अनुसार कैलालीको घोडाघोडी नगरपालिकाका ६ जना, भजनी नगरपालिकाका दुईजना, धनगढी उपमहानगरपालिकाका एक जना, मेल्लेख गाउँपालिकाका एकजना, बाजुरा जिल्लाका एकजना, गौरीगंगा नगरपालिकाका एकजना र बोग्टान डोटीका एकजनामा संक्रमण पुष्टि भएको हो ।

उनीहरु भारतको विभिन्न स्थानबाट त्रिनगर नाका हुँदै प्रवेश गरेका हुन् । पछिल्लो समय भारतबाट आउनेहरुमा कोरोना संक्रमण देखिने गरेको छ । यद्यपि, सीमा क्षेत्रमा पर्याप्त जनशक्ति र किटको अभावमा सबैको परीक्षण सम्भव नभएकाले जोखिम बढ्दै गएको शाहीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)