बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट ४० देखि ५९ उमेर समुहका व्यक्तिलाई कोरोना खोप लगाइदै


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 838
    SHARES

३१ चैत्र, काठमाडौं । सरकारले चीनबाट ल्याएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्षसम्मका नागरिकलाई मंगलबारबाट दिइँदै छ । ३१ चैत २०७७ देखि ५ वैशाख २०७८ सम्म खोप दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसअघि सरकारले २५ चैतदेखि केही निश्चित समूहका व्यक्तिका लागि मात्रै यो खोप उपलव्ध गराएको थियो । त्यसबेला १८ देखि ५९ वर्ष उमेर समूहका व्यक्ति छानिएको थियो ।

चीन सरकारले अनुदानमा दिएको आठ लाख डोज खोप नेपाल सरकारले चैत १६ गते काठमाडौं ल्याएको थियो । सो खोप २३ वटा केन्द्रबाट दिन लागिएको खोप महाशाखा प्रमुख डाक्टर झलक गौतमले जानकारी दिनुभयो।

यी हुन् २३ वटा खोप केन्द्र

१. चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीर अस्पताल

२. परोपका प्रसुतिगृह तथा स्त्रीरोग अस्पताल थापाथली

३. शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु

४. निजामती कर्मचारी अस्पताल मिनभनव

५. राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र कीर्तिपुर

६. नेपाल मेडिकल कलेज अत्तरखेल

७. काठमाडौँ मेडिकल कलेज सिनामंगल

८. त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज

९. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारी

१०. बीरेन्द्र अस्पताल छाउनी

११. एपीएफ अस्पताल बलम्बु

१२. नेपाल प्रहरी अस्पताल पानी पोखरी

१३. ओम अस्पताल रिसर्च सेन्टर चावहिल

१४. क्षेत्रपाटी निशुल्क चिकित्सालय क्षेत्रपाटी

१५. भक्तपुर अस्पताल भक्तपुर

१६. नेपाल कोरिया मैत्री अस्पताल ठिमी

१७. पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुर

१८. किष्ट मेडिकल कलेज ललितपुर

१९. आनन्दवन अस्पताल ललितपुर

२०. धुलिखेल अस्पताल काभ्रे

२१. त्रिशुली अस्पताल नुवाकोट

२२. बारबिसे अस्पताल सिन्धुपाल्चोक

२३. जिल्ला अस्पताल रसुवा

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)