बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाभाइरसको दोश्रो लहर थप चुनौतीपूर्ण : स्वास्थ्यमन्त्री


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 628
    SHARES

३१ चैत्र, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोरोनाभाइरसको दोस्रो लहरले डरलाग्दो अवस्था निम्त्याउँदै गरेको भन्दै चुनौती थपिँदै गएको बताउनुभएको छ ।

मंगलबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगिसकेको र यसबाट बालबालिकाहरुलाई जोगौना मुस्किल पर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘संक्रमण डरलाग्दो संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ ।’

यहि अवस्थालाई मध्यनजर गर्दै काठमाडौंसहितका सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्दै अनलाइन माध्यममा जाने भनेर छलफल सुझाव आएको र सोहि अनुरुप छलफल भइरहेको पनि उहाँले बताउनुभयो। तर तत्कालका लागि केही निर्णय नभएको अवस्थामा बालबालिकाहरुलाई संक्रमणबाट जोगाउँदै जनजीवनलाई पनि सामान्य बनाउन सबै पक्षले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)