बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालगञ्जमा ११३ जनाको परीक्षणमा ५९ जनामा कोरोना पुष्टि


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 342
    SHARES

३१ चैत्र, बाँके । नेपालगञ्जको भेरी अस्पतालमा मंगलबार पनि ठूलो संख्यामा कोरोना पुष्टि भएको छ। अस्पतालले एक सय १३ जनाको परीक्षण गरेकोमा ५९ जनालाई कोरोना पुष्टि भएको हो।

५९ जनामध्ये ४९ जना बाँकेका रहेका छन्। त्यसमा नेपालगञ्जका ४२ जना, कोहलपुरका एक, खजुराका तीन, राप्तीसोनारी गाउँपालिकाका ३ जना रहेका छन्।

बर्दिया जिल्लाका चार, सोलुखुम्बु, कैलाली र अछामका एक/एक र दैलेखका तीन जना रहेका छन्। त्यस्तै, भारतबाट फर्किएका दाङ तुलसीपुरका ३१ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ।

बाँकेमा भारतबाट आएका र भेरीमा जाँच गरिएको व्यक्तिमा धमाधम कोरोना पुष्टि भइरहेको छ। अस्पताल भरिँदै गर्दा संक्रमितलाई कहाँ राख्ने चिन्ता थपिएको भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाले बताउनुभयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)