बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बैशाख ७ गतेबाट कोरोनाविरुद्धको दोश्रो डोजको खोप दिइने


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 669
    SHARES

३१ चैत्र, काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान अन्तर्गत पहिलो मात्रा लगाएकालाई आउँदो वैशाख ७ गतेदेखि दोस्रो मात्रा दिइने भएको छ।

सरकारले गएको माघ १४ देखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान सुरु गरेको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसाफाइकर्मी, पत्रकार, कूटनीतिक नियोगका कूटनीतिज्ञ तथा कर्मचारी, सार्वजनिक संस्थान र बैंक तथा वित्तिय संस्थानका कर्मचारीसहितले खोपको पहिलो मात्रा लगाएका छन्।

यसरी पहिलो मात्रा लगाएकाहरुलाई आउँदो वैशाख ७ देखि ११ गतेसम्म दोस्रो मात्राको खोप दिइने बागमती प्रदेशकाे सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले जनाएकाे छ।

खोप लगाउनका लागि केन्द्रहरु पनि तोकिएको र आफूलाई पायक पर्ने केन्द्रमा गएर खोप लगाउन निर्देशनालयले आग्रह गरेको छ। माघ १४, १५, १६, १७ र २६ गते खोपको पहिलो मात्रा लगाएकाहरुले वैशाख ७ गते तथा माघ १८, १९, २०, २१ र २७ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख ८ गते दोस्रो मात्रा लगाउन पाउने छन्।

यस्तै माघ २२, २३, २४, २८ र फागुन २ गते पहिलो मात्रा लगाएकाले वैशाख ९ तथा माघ २९ र फागुन ३, ४, ५ र ६ गते पहिलो मात्रा लगाएकाहरुले वैशाख १० गते दोस्रो मात्राको खोप लगाउन पाउने छन्।

वैशाख ११ गते दोस्रो मात्राको खोप गएको माघ ३० र फागुन ७, ८, ९ र १० गते पहिलो मात्रा लगाएकाहरुलाई लगाइने जनाइएकाे छ ।
तोकिएका केन्द्रहरुमा बिहान १० देखि दिउँसो ४ बजेसम्म खोप लगाउन पाइने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)