बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देशभर ५१७ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ३१, २०७७
  • 936
    SHARES

३१ चैत्र, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५०० बढी कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यस्तै २४ घण्टामा रिपोर्ट प्राप्त भएका मृतकको संख्या ५ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।

यसअघि सोमबार देशभर ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ९८४ पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७४ हजार ३१८ पुगेको छ ।
यस्तै हालसम्म मृतकको कुल संख्या ३ हजार ५८ पुगेको छ भने आइसोलेशनमा रहनेको संख्या ३ हजार ६०८ पुगेको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १६१ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा २६ र भक्तपुरमा १२ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)