नयाँ बर्ष २०७८ को शुभकामना !
सँधै झैँ नयाँँ बर्षको आगमन
यो मन हर्षित छ , फुरुङ्ग छ
शुभकामना आदन प्रदान
मन्दिर गई देउताको दर्शन
एक ढकनी फूल
फूलको बिचमा केही दक्षिणा
दक्षिणा तिर नजर
मेरो निदार तिर हात
पुजारीको मन्त्र पाठ
आँखा चिम्लेर दुईहात जोड्दै
मलाई रक्षा गर प्रभु
बस ! मनमा सन्तुष्टी
पुण्यको अनुभुती
कुनै ब्यबसयीले लगानी गर्छ
मन्दिर बनाउँछ
धातु या ढुङ्गाका मुर्ती राख्छ
भक्तजनहरु फुलपाती चढाउँछन् ,
वली चढाउँछन्, भेटी चढाउँछन्
फितलो छ आत्मा विश्वाश
कर्ममा भन्दा भाग्यमा विश्वाश लाग्छ
देउताले भाग्य चम्काई दिन्छन्
मनको देउता भन्दा
मन्दिरको देउता श्रेष्ठ लाग्छ
मन सँगको स्व-सम्बादलाई भन्दा
पुजारीका स्लोकहरुमा बढी महत्व
निर्जिव मुर्तीको अगाडि बसेर
आशिर्बचन फलाक्ने पुजारीले
मन्दिरका मालिकका लागि शुभ सोच्छन्
या हजारौँ भक्तजनहरुका लागि
वास्तविकता जेसुकै होस्
अस्था अनि विश्वाश अटल छ
निर्जीव भगवानका दूतका रुपमा
पुजारीले आशिर्वाद दिएका छन्
नयाँँ बर्ष शुभ हुने कामना गरेका छन्
आज म तिनै पुजारीका दूतका रुपमा
सम्पूर्ण मानव जगतमा ब्यक्त गर्दछु
नयाँ बर्ष २०७८ सालको
हार्दिक मङ्गलमय शुभकामना !
-राम लामा अविनाशी , अमेरिका ।
