बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१४ जिल्लाका विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २, २०७८
  • 355
    SHARES

२ बैशाख, काठमाडौं । स्वास्थ्य मन्त्रालयले विभिन्न १४ जिल्लालाई कोरोना संक्रमणको अति प्रभावित जिल्लामा वर्गीकरण गर्दै ती जिल्लाका विद्यालयमा पठनपाठन सञ्चालन गर्न आग्रह गरेको छ ।

मन्त्रालयले हालसम्म सेवा बन्दबारे कुनै निर्णय नभएपनि संक्रमणको जोखिम रहेकाले ती जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेको छ । यस्तै मन्त्रालयले रात्रि व्यवसाय, ७ बजेपछि सबै रेस्टुरेन्ट तथा ब्लबहरु, खेलकुद, जिम, सार्वजनिक पूजाआजा तथा जात्रा, सभा, सम्मेलन तथा बैठक नगर्न पनि आग्रह गरेको छ ।

यस्तै मन्त्रालयले सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थलहरु पनि सञ्चालन नगर्न तथा आम सर्वसाधारणलाई पनि सहभागि नभइदिन अनुरोध गरेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)