बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 273
    SHARES

९ बैशाख, काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को दोस्रो लहर समुदायस्तरमा देखिएसँगै एक हप्ताका लागि चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा बन्द गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारी, विद्यालयका शिक्षक र समुदायस्तरमा कोरोना सङ्क्रमित व्यक्ति भेटिएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा एक हप्ता बन्द गर्ने निर्णय गरिएको नगरप्रमुख शिवकुमार गिरीले बताए ।

भारतको हरिद्वारमा लागेको कुम्भ मेलामा गएर फर्किएकामध्ये पाँच जनामा कोरोना पुष्टि भएपछि जोखिम बढ्न नदिनका लागि यही वैशाख १३ गतेसम्मका लागि सम्पूर्ण सेवा बन्द गरिएको नगरप्रमुख गिरीले बताए । “नगरपालिकाअन्तर्गतका कर्मचारी, शिक्षक र समुदायमा समेत कोरोना सङ्क्रमण पुष्टि भएको छ” नगरप्रमुख गिरीले भने, “सङ्क्रमणलाई थप बढ्न नदिन तथा जोखिम न्यूनीकरणमा उच्च सतर्कता अपनाउँदै एक हप्ताका लागि नगरपालिकाले प्रदान गर्ने अत्यावश्यकबाहेकका सेवा बजार, पसल, बैंक तथा वित्तीय संस्था बन्द गर्ने निर्णय गरिएको हो ।”

कोरोना सङ्क्रमण समुदायस्तरमा पनि देखिएकाले जोखिम न्यूनीकरणका लागि अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन नगरवासीमा अनुरोध गरिएको नगरपालिकाका सूचना अधिकारी बिन्दु कोइरालाले बताए । यस अवधिमा शैक्षिक संस्थाका पूर्वनिर्धारित परीक्षा तथा स्वास्थ्य संस्थाबाट प्रदान गरिने सम्पूर्ण सेवा स्वास्थ्यका मापदण्ड पूरा गर्दै सञ्चालन गरिने सूचना अधिकारी कोइरालाले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)