बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थप २५५९ जनामा कोरोना संक्रमण, पाँच जनाको मृत्यु


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १०, २०७८
  • 493
    SHARES

१० बैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । ९६६४ नमूना परीक्षण गर्दा पीसीआरबाट ८७९८ र एन्टीजेनबाट ८६६ गरी जम्‍मा २५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँचजनाको मृत्‍यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यसैगरी २४ घण्टामा ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । निको हुनेको दर ९३.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)