बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १०, २०७८
  • 339
    SHARES

१० बैशाख, कास्की । गण्डकी प्रदेशमा थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरास्थित विभिन्न प्रयोगशालामा ३६१ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकामा ६४ सहित प्रदेशमा ८६ जनमा संक्रमण देखिएको हो । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा.विनोदबिन्दु शर्माले गण्डकीका ७ जिल्लाका ८६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिए ।

उनका अनुसार कास्कीमा २०८ जनाको नमुना परीक्षण गर्दा पोखरा महानगरपालिकाका ६४ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कास्कीमा संक्रमितको संख्या ९ हजार २७ पुगेको छ । यस्तै तनहुँका २४ जनाको परीक्षणमा ६ जना, गोरखाका २० जनाको परीक्षणमा ५ जना, स्याङजाका २४ जनाको परीक्षणमा ४ जना, पर्वतका २९ जनाको परीक्षणमा २ जना, बाग्लुङका ३१ जनाको परीक्षणमा ३ जना र म्याग्दी जिल्लामा २५ जनाको परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय ७४ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ७७३ रहेको छ । पछिल्लो २४ घण्टामा गण्डकीबाट ३२ जना कोरोनामुक्त भएका छन् । योसँगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ५ सय ९० पुगेको छ । हालसम्म कोरोना संक्रमणका कारण प्रदेशमा २११ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)