बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेशसभाका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 502
    SHARES

१४ बैशाख, काठमाडौं । प्रदेश नम्बर–२ प्रदेशसभाका तीन कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । सोमबार कर्मचारीमा कोरोना पुष्टि भएपछि बैठक स्थगित गरिएको छ ।

मंगलबार बस्ने गरी तय भएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको प्रदेशसभाका निमित्त सचिव रन्जित यादवले जानकारी दिनुभयो। उहाँका अनुसार संक्रमित कर्मचारीको अवस्था सामान्य छ । उनीहरूमा कोरोनाको लक्षण देखिएपछि जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा स्वाब परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो।

कर्मचारीमा संक्रमण देखिएलगतै प्रदेशसभाका सम्पूर्ण कर्मचारीसहित ६५ जनाको स्वाब परीक्षण गरिँदै छ । स्वाब दिएका सबैको रिपोर्ट भोलिसम्म आउने निमित्त सचिव यादवले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)