शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशसभाको बैठक भोलीसम्मका लागि स्थगित, पिसिआर टेस्ट गरेर मात्रै बैठक बस्ने


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 967
    SHARES

१४ बैशाख, कास्की । गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्ता पक्षको अवरोधका कारण स्थगित भएको छ । मंगलबार बैठक सुरु भएलगत्तै सत्तारुढ दल नेकपा एमालेका सांसदले पिसिआर परीक्षण नगरी बैठक सञ्चालन नगर्न माग गरेका थिए । एमालेका सांसदहरु आफ्नो स्थानमा उठेर निरन्तर विरोध जनाएपछि सभामुखले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो।

प्रदेशसभा बैठक रोकेर बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका तर्फबाट पिसिआर परीक्षण गर्नैपर्ने माग जोडदार रुपमा उठाइएपछि तत्काल सबै सांसदको पिसिआर परीक्षण गर्ने निर्णयका साथ प्रदेशसभा बैठक बुधबार बस्ने सहमति जुटेको छ ।

प्रदेशसभा सदस्य कृष्णबहादुर थापाका अनुसार मंगलबार सांसदहरुको पिसिआर परीक्षण गरिने छ । उक्त परीक्षणको रिपोर्ट आए पछिमात्र बस्ने गरी बुधबार दिउँसो १ बजेका लागि प्रदेशसभा बैठकको अर्को मिति तोकिएको उहाँले बताउनुभयो ।

कुनै प्रदेशसभा सांसदमा कोरोना संक्रमण देखिएको अवस्थामा भने त्यस्तो सांसदलाई निजी सवारी साधनमा आएर प्रदेशसभामा अविश्वास प्रस्तावमाथिको मतदानमा भाग लिन दिइने तर बैठकमा सहभागी नगराइने पनि दलहरुबीच सहमति भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)