सोमवार, बैशाख २४, २०८१

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन वैशाख १९ गते


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 1.1K
    SHARES

१५ बैशाख, रुपन्देही 

लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १९ गते डाकिएको छ । विपक्षी दलहरुको समावेदनअनुसार प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गर्नुभएको हो।

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी भएको सूचना पाएपछि मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशन अन्त्य गराएका थिए । त्यसलगत्तै विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले विशेष अधिवेशन बोलाउन माग गर्दै प्रदेश प्रमुखको कार्यालयमा समावेदन गरेका थिए ।

लुम्बिनी प्रदेशसभा सचिवालयका अनुसार प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रअनुसार १९ गते आइतबार दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ ।

उक्त अविश्वासको प्रस्तावको टुंगो लगाउन प्रदेश प्रमुखले वैशाख १९ गते विशेष अधिवेशन आह्वान गर्नुभएको हो । प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले विशेष अधिवेशन सम्बन्धमा पत्र प्राप्त भइसकेको र सभामुखसँगको छलफलपछि सूचना प्रकाशित गरिने बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }