बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशसभा बैठक साढे चार बजेसम्मका लागि स्थगित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 475
    SHARES

१५ बैशाख, काठमाडौं । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथिको छलफल गर्न बसेको गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको तेस्रो बैठक स्थगित भएको छ ।

करिब पौने दुई बजे सुरु भएको बैठकमा सांसदहरुले अविश्वास प्रस्तावमाथिको छलफलमा भाग लिएका थिए ।

सभामुख नेत्रनाथ अधिकारीले बैठक साढे चार बजेसम्मका लागि स्थगित भएको प्रदेशसभालाई जानकारी गराएका छन् । साढे चारबजे बस्ने दोस्रो बैठकमा अविश्वास प्रस्तावमाथि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले धारणा राख्ने जनाइएको छ ।

प्रदेशसभामा आजै अविश्वास प्रस्तावमाथि मतदान गर्ने कार्यसूची छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)