बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा झन्डै तीन लाख ८० हजार संक्रमित फेला


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख १६, २०७८
  • 358
    SHARES

१६ बैशाख, काठमाडौं । भारतमा कोरोनाभाइरसका सक्रिय संक्रमित ३० लाख नाघेका छन्। बुधबार ३ लाख ७९ हजार संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या ३० लाख नाघेको हो।

३० लाख सक्रिय संक्रमित हुने भारत संसारकै दोस्रो देश हो। यसअघि अमेरिकामा ६८ लाख सक्रिय संक्रमित पुगेका थिए।

सक्रिय संक्रमित बढेसँगै भारतमा दैनिक मृत्युदर पनि दिनदिनै उकालो लागिरहेको छ। बुधबारमात्रै भारतमा ३ हजार ५ सय ९६ जना संक्रमितले ज्यान गुमाएका छन्।

भारतमा कोरोनाको दोस्रो लहरबाट सबैभन्दा बढी महाराष्ट्र राज्य प्रभावित भएको छ। बुधबार त्यहाँ ६३ हजार संक्रमित थपिएका थिए भने ९ सय ८५ संक्रमितको मृत्यु भएको थियो।

गत फेब्रुअरी १६ मा भारतमा सक्रिय संक्रमितको संख्या १ लाख ३८ हजारमात्र थियो। सक्रिय संक्रमितको संख्या ५ लाख पुग्न ४० दिन लागेको थियो। थप १२ दिनमा सक्रिय संक्रमित १० लाख पुगेका थिए। पछिल्ला १९ दिनमा मात्रै भारतमा २० लाख सक्रिय संक्रमित थपिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)