बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरोपलाई डब्ल्यूएचओको चेतावनीः प्रतिबन्ध खुकुलो पारे भारतमा जस्तै कोरोनाको आँधी आउनसक्छ


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १७, २०७८
  • 312
    SHARES

१७ बैशाख, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले युरोपेली देशलाई कोभिड–१९ का कारण लगाइएको प्रतिबन्ध खुकुलो पार्दा भारतजस्तै यहाँ पनि कोरोना पोजेटिभ केसको आँधी आउन सक्ने चेतावनी दिएको छ ।

समाचार एजेन्सी एएफपीका अनुसार युरोपका लागि विश्व स्वास्थ्य संगठनका प्रमुख ह्यान्स क्लूगले बिहिबार भने, ‘जब प्रतिबन्ध खुकुलो पारियो तब मानिसहरु भारी मात्रामा एकै ठाउँ जम्मा हुनथाले, जब भाइरसको अत्यधिक संक्रामक भेरियन्ट देखिन थाल्यो र भ्याक्सिनेसनको दर निकै कम भए, यस्तो स्थितिमा कुनै पनि देशमा कोरोनाको आँधी आउन सक्छ ।’

उनले भने, ‘भारतजस्तो स्थिति कुनै पनि बेला निम्तिन सक्छ भन्ने कुरा बुझ्न अत्यावश्यक छ ।’

हालैका दिनमा कोरोना संक्रमितको संख्यामा लगातार वृृद्धि भइरहेको छ । जानकारका अनुसार विभिन्न कारणले ठूलो संख्यामा मानिसहरुको एकै स्थानमा भीडभाड हुनु यसको मुख्य कारण हो ।

जानकारका अनुसार भारतमा कोरोना महामारीको दोस्रो घातक लहरका लागि कोरोना भाइरसको भारतीय भेरियन्ट B.1.617 जिम्मेवार छ ।

हेन्स क्लूगले भने, ‘युरोपेली देशले यो कुरालाई ध्यानमा राख्नुपर्छ कि महामारीको दिशा परिवर्तन गर्नमा निजी र सामूहिक स्वास्थ्य र सामाजिक दुरीको उपाय प्रमुख कारक हुन सक्छन् । दुई महिनामा पहिलो पटक अघिल्लो हप्ता युरोपमा कोरोना संक्रमणको मामिला ‘निकै कम’ भएको छ । तर थुप्रै इलाकामा संक्रमण दर अहिले पनि अत्यधिक छ ।’

उनका अनुसार मानिसहरुलाई भ्याक्सिन दिने काममा पनि युरोपको प्रदर्शन निकै राम्रो छ । यहाँ करिब सात प्रतिशत मानिसहरुलाई कोरोनाको भ्याक्सिन दिइसकिएको छ जबकी १६ प्रतिशत मानिसहरुलाई भ्याक्सिनको पहिलो डोज दिइसकिएको छ ।

हालै युरोपका केही देशले कोभिड–१९ का कारण लगाइएको प्रतिबन्धमा चरणबद्ध तरिकाले खुकुलो पार्न सुरु गर्ने बताएका थिए ।

फ्रान्सले १९ मेदेखि लकडाउनमा राहत दिन सुरु गर्ने र जून ९ देखि उनीहरुले हेल्थ पाससहित आउने विदेशी पर्यटकलाई अनुमति दिने बताएको थियो । यहाँ १९ मे देखि रेष्टुरेन्ट, बार, थिएटर खोल्ने अनुमति पनि हुनेछ ।

जर्मनीका अनुसार जो मानिसहरुले भ्याक्सिनको दुबै डोज पाएका छन्, उनीहरुले कोरोना परीक्षणको सर्टिफिकेट बिना नै पसलमा जाने अनुमति हुनेछ । यसबारे जर्मनीले चाँडै नै दिशानिर्देश जारी गर्नसक्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)