शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 525
    SHARES

लुम्बिनी ,१९ बैशाख

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ। संसदीय दलको आज (आइतबार) बिहान बसेको बैठकमा उहाँले राजीनामा दिनु भएको हो।

पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बन्नुभएको थियो ।मुख्यमन्त्री विरूद्दको अविश्वास प्रस्तावमा छलफल गर्न लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन आजबाट सुरु हुदैथियो ।

मुख्यमन्त्रीविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव बैठकमा पेश हुने कार्यसूची थियो । पोखरेलविरूद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायतका दलहरुले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। अहिले एमाले लुम्विनिको बैठक बसिरहेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले आजै स्वीकृत गर्नुभएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)